नेपाली बजारमा शुक्रबार सुनचाँदीको मुल्यमा भारी गिरावट देखिएको छ । यस दिन सुनको भाउ तोलाको ५ हजार ८०० रूपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख ५ हजार ८०० रुपैयाँ थियो । आज शुक्रबार चाँदीको मूल्य तोलाको २५५ रूपैयाँले घटेर ४ हजार ६०० रुपैयाँ कायम भएको छ ।

