राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच दोस्रो चरणको वार्ता सुरु भएको छ । अहिले ललितपुरमा रास्वपाका सभापति लामिछाने र मेयर शाहबिच छलफल चरिहेको जनाइएको छ ।
दुई दिन अघि पनि लामिछाने र शाहले ५ घण्टा लामो छलफल गरेका थिए । पहिलो चरणमा एकअर्कालाई बुझ्ने प्रयास भएको थियो भने आजको छलफलमा राजनीतिक निकास दिने गरी छलफल भैरहेको जनाइएको छ ।


