नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतले जित्ने दाबी गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि मनोननयन दर्ता गर्ने क्रममा मंगलबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यसअघिको चुनावमा भन्दा बढी मतले जित्ने विश्वास व्यक्त गरेका हुन् ।
‘नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने दल नै छैन,’ उनले भने, ‘अघिल्लोपटक दोब्बर मतले जितेको थिएँ । योपटक झनै दोब्बर बढी मतले जित्नेछु । ओलीले सरकारले निष्पक्ष चुनाव गराउनेमा आशंका रहेको बताए । एमाले कार्यकर्तासँग झडप भएलगत्तै उनले ‘सरकार संरक्षितबाट आक्रमण हुनसक्ने’ बताए ।


