Banijya News

मधेसको अनुभवले मेरो राजनीति परिपक्व भयो : गगन थापा

1
1.1K Shares

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बिहीबार काठमाडौँको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले काठमाडौँमा बसेर लामो समय राजनीति गर्दा देशका बारेमा आफूले निकै कम मात्र बुझेको महसुस भएको बताए । चुनावी अभियानका क्रममा पछिल्लो १०–१२ दिन मधेसमा बिताउँदा त्यहाँको समाज, विविधता र संरचनालाई नजिकबाट बुझ्ने अवसर पाएको उनले उल्लेख गरे ।

थापाले मधेसको अनुभवबिना आफ्नो राजनीतिक यात्रा र बुझाइ अधुरै रहने दाबी समेत गरे । आफूलाई पहाड र काठमाडौँको लामो अनुभव भएपनि मधेसको बसाइले आफूलाई पूर्ण बनाएको उनको भनाइ थियो ।

1

Scroll to Top