Banijya News

महिलाहरुद्वारा सिद्धबाबालाई फाँसी को माग

1
1.1K Shares

पौष ११, २०७६, काठमाण्डौ । महिला माथी बलात्कारको आरोप लागेका कृष्णदास गिरी सिद्धबाबालाई कडा कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरुको सुनसरीमा प्रदर्शन सुरु भएको छ ।
सुनसरी जिल्ला अदालत अगाडी बिभिन्न स्थानबाट आएका महिला अधिकारकर्मीहरुले बलात्कार पिडित महिलालाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । हाल गिरीको पक्ष र महिलाको पक्षमा प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको छ । महिलाहरु प्ले कार्ड सहित गिरीलाई फासी दे भन्दै गिरीको बिरोध गरिरहेका छन् ।

भिड अनियन्त्रित नहोस् भनेर थालेपछि प्रहरी परिचालन गरिएको छ ।
हाल गिरीकोे बयान लिने तयारी हुदै गरेको बताइएको छ ।

1

Scroll to Top