सत्ता समीकरण हुँदैमा भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने
नेपालका लागि भारतिय राजदूत नवीन श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने बताएका छन् ।
सत्ता समिकरणरमा प्रभावकारी भूमिका खेलेका नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तलाई बधाई दिन पुगेका राजदूत श्रीवास्तवले सो कुरा बताएका हुन् ।
श्रीवास्तवले नेपाल–भारतबीच सम्बन्ध मौलिक रहेको चर्चा गरे । उनले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाउँदै आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने पनि दाबी गरे ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको बताएका छन् । उनले आगामी दिनमा पनि यसभन्दा अगाडि बढेर सम्बन्ध विस्तार हुने विश्वास ब्याक्त गरे ।
प्रतिकृया दिनुहोस्