Banijya News

कञ्चनपुरमा ५० शैयाको कोरोना अस्पतालको उद्धघाटन

1
1.2K Shares

प्रदेश सरकारको आर्थिक सहयोगमा कञ्चनपुरमा कोभिड १९ संक्रमितको उपचारका लागि छुट्टै ५० शैयाको आइसोलेसन भवन उद्धघाटन भएको छ । सुदूरपश्चिम महाकाली अस्पतालले निर्माण गरेको भवनको शुक्रबार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरेका हुन् ।


महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले ५० बेडका नयाँ र यसका अतिरिक्त ३६ बेडको निर्माण भएको बताए । अस्पतालमा सुत्केरी र कोरोन रोकथाम एव उपचारका लागि चिकित्सक एव स्वास्थ्यकर्मीको छुट्टै व्यवस्थापन गरिएको छ ।
नव निर्मित उक्त आईसोलेशन भवनमा ४ कोठा, १ हल, १ नर्सिङ्ग र डाक्टर बस्ने कक्ष, खानेपानी लगायत निर्माण भएको छ ।

1

Scroll to Top