May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

राजकुमार हृयारी र मेगन राजपरिवार त्याग्ने

राजकुमार हृयारी र मेगन राजपरिवार त्याग्ने

बेलायतका राजकुमार हृयारी र उनकी श्रीमती मेगन मर्केलले राजपरिवारको जिम्मेवारीबाट मुक्त हुने घोषणा गरेका छन् । राजपरिवारको जिम्मेवारीबाट मुक्त हुने निर्णयसँगै हृयारी र मेगनले बेलायत र उत्तर अमेरिकामा बस्ने निर्णय गरेको जारी वक्तब्यमा उल्लेख छ । 

राजपरिवारका सदस्यसँग कुनै सल्लाह नगरिकन गरिएको घोषणाप्रति बेलायतकी महारानीले भने निराशा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ । ह्यारी र मर्केलको घोषणाबाट बेलायती राजपरिवार भने दुखी भएको छ । सार्वजनिक जीवनका कारण बेहोर्नु परेको मानसिक तनावका कारण उनीहरुले जिम्मेवारीबाट पछि हट्ने निर्णय गरेको हुनसक्ने विष्लेषण गरिएको छ ।

बेलायती महारानीप्रति आफ्नो कर्तब्य पालना गर्ने बताएका जोडीले आर्थिक रुपमा समेत सरकारबाट कुनै तलब वा सेवा नलिने स्पष्ट पारेका छन् । अफ्रिकि मुलकी अमेरिकि महिला मेगन सँग विवाह गरेका राजकुमार हृयारी, राजकुमार चार्ल्स र लेडी डायनाका छोरा हुन् ।  (एजेन्सी)

Advertisement