May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

रसुवा भन्सार बाट ७ अर्ब ३३ करोड राजश्व संकलन

रसुवा भन्सार बाट ७ अर्ब ३३ करोड राजश्व संकलन

माघ ३ , काठमाडौँ ।
चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा रसुवा भन्सार कार्यालयबाट ७ अर्ब ३३ करोड राजश्व संकलन भएको छ ।
रसुवा भन्सार बाट दैनिक सरदर ३ करोड राजश्व संकलन हुने गर्छ । रसुवा भन्सार कार्यालय बाट गत आर्थिक वर्षमा सुरुको ६ महिनामा भने ५ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । उत्तरी नाका रसुवागढी हुँदै जुत्ता, चप्पल, थर्मस, इलेक्ट्रोनिक सामान, कम्बल, विद्युत् निर्माणका सामग्री, कपडा, खेलौना, तयारी पोशाक, जिम्बू लगायतका सामग्री आयात हुने गरेको छ ।
रसुवा भन्सार नजिकै पर्ने चीनको केरूङबाट सामान लिई भन्सार हातामा प्रवेश गर्ने मालबाहक ट्रक दैनिक रूपमा ५० देखि ६० ट्रक कन्टेनरको जाँच हुने गरेको छ । राजस्व संकलन कार्यमा स्थानीय प्रशासन र सुरक्षा निकायले आफनो जिम्मेबारी नियमित रुपमा सफलता पुर्बक निभाई रहेका छन् । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा १ अर्ब ७१ करोड बढि राजस्व संकलन गरेको हो ।

Advertisement