साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे हुनेछ। सहभागी सातमध्ये ६ राष्ट्रले आफ्नो पहिलो खेल खेलिसकेका छन्। श्रीलंकाले उद्घाटन खेलमा भुटानसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको थियो।
नेपाली टोली २६ महिनापछि अन्तर्राष्ट्रिय मञ्चमा उत्रिँदैछ। पछिल्लो पटक नेपालले मुख्य प्रशिक्षक गौरव बस्नेतको नेतृत्वमा मंगोलयामा सम्पन्न ‘एएफसी एसियन कप छनोट २०२४’ खेलेको थियो।
यसबीच नेपालले एसियन कप छनोट २०२६ मा सहभागिता जनाएन। फुटबलको सर्वोच्च निकाय एन्फाले प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि आफ्नो नाम फिर्ता लिएको थियो।


