नेपाल इन्फिनिक्स नेपालले राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्डएम्बेसडरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ ।
निर्भीक खेल शैली र कीर्तिमानी अन्तर्राष्ट्रिय प्रदर्शनका लागि चिनिएका दीपेन्द्र सिंह ऐरी आजको पुस्ताको ऊर्जा र महत्वाकांक्षाका प्रतीक हुन्, जसले इन्फिनिक्सको शक्तिशाली र स्टाइलिश स्मार्टफोन दृष्टिकोणसँग मेल खान्छ। यो सहकार्य त्यस्तो महत्वपूर्ण समयमा आएको हो, जब इन्फिनिक्स ले आफ्नो बहुप्रतिक्षित नोट ६० सिरिजसार्वजनिक गर्ने तयारी गरिरहेको छ।
यो सिरिजले आफ्नो सेग्मेन्टमा प्रदर्शन, डिजाइन र प्रयोगकर्ता अनुभवलाईनयाँ स्तरमा पुर्याउने लक्ष्य राखेको छ । यस साझेदारीबारे बोल्दै इन्फिनिक्सनेपालका कन्ट्री म्यानेजर पियुष गिरीले भने,“दिपेन्द्र सिंह ऐरीले आत्मविश्वास, उत्कृष्ट प्रदर्शन र निरन्तरताको नयाँ युग प्रतिनिधित्व गर्छन्। उहाँको यात्रा इन्फिनिक्स ले विश्वास गर्ने मूल्यमान्यतासँग पूर्ण रूपमा मेल खान्छ—सीमाना तोड्दै अपेक्षाभन्दा बढी दिने।नेपालमा हाम्रो ब्रान्डको नेतृत्व उहाँबाट गराउन पाउँदा हामी उत्साहित छौं।
”आफ्नो उत्साह व्यक्त गर्दै दिपेन्द्र सिंह ऐरीले भने,“म इन्फिनिक्ससँग जोडिन पाउँदा गर्व महसुस गर्छु। यो ब्रान्ड युवाहरूसँग गहिरो रूपमा जोडिएको छ र निरन्तरनयाँपन ल्याइरहन्छ। यस यात्रामा सँगै अघि बढ्न पाउँदा म उत्साहित छु।”यस सहकार्य अन्तर्गत, दिपेन्द्र सिंह ऐरी नेपालभर इन्फिनिक्सका विभिन्न क्याम्पेनहरूको अनुहार बन्नेछन्। डिजिटल, रिटेल तथा ग्राउन्ड एक्टिभेसनहरूमा उहाँको सक्रिय भूमिका रहनेछ।
आगामी नोट ६० सिरिजकोलन्चबाट सुरु गर्दै, उहाँले इन्फिनिक्सका उत्पादन र ब्रान्ड पहिचानलाई प्रतिनिधित्व गर्ने मुख्य भूमिका निर्वाहगर्नेछन् ।यस रणनीतिक कदममार्फत इन्फिनिक्स ले नेपालमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने र प्रदर्शन, स्टाइल रभरपर्दोपन खोज्ने युवापुस्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने लक्ष्य राखेको छ।


