Banijya News

भोलिदेखि एक सातासम्‍म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय

1
1.1K Shares

चैत ०९, काठमाडौं ।

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका भोलिदेखि एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि एक साता सीमा बन्द गर्ने  निर्णय गरेको  हो। कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुवै देशतर्फ जोडिएका सबै सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने कदम चालिएको हो।

भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगत्तै नेपालमा मन्त्रिपरिषद बैठकले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

1

Scroll to Top