Banijya News

आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती, कोरोनाका कारण घरघरमा नै बसेर स्मरण गरिदै

1
1.1K Shares

तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षःस्थलमा यो कविको शैशवकाल बित्यो, हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो मेरो प्यारो ओखलढुंगा… !


माथिका हरफहरू र उक्त हरफहरुबाट बनेको गित नसुन्ने कमै मात्र नेपाली होलान । यो सृजनका जन्मदाता हुन् युगकवि सिद्धिचरण श्रेष्ठ । उनको औधी लोकप्रिय कविता ’ओखलढुंगा’ को हो । यिनै कविको आज जन्म जयन्ती परेको छ ।
उनको जन्म ओखलढुङ्गा जिल्लामा बि. सं १९६८ जेठ ९ गतेका दिन भएको थियो । पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरदिार) तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा ओखलढुंगा बजारमा विसं १९६९ जेठ ९ गते अर्थात आजकै दिन उनको जन्म भएको थियो । सिद्धिचरण श्रेष्ठ नेपालका एक प्रसिद्ध कविमात्र होइनन उनलाई नेपाल सरकारले युगकविको पदवीबाट सम्मानित गरेको छ । नेपाली र नेपाल भाषामा आफना सृजान प्रष्फुटित गर्ने ति सिद्धिचरणले १९९२ साल (२३ वर्षको उमेर)मा लेखेको कविता हो ’ओखलढुंगा’ । यो ’ओखलढुंगा’ कवि सिद्धिचरणको मात्र होइन, नेपाली साहित्यकै एउटा उत्कृष्ट प्रकृतिपरक कविता हो । यो ’ओखलढुंगा’लगायत १९९२ सालसम्ममा सिद्धिचरणका ’निर्झर’, ’साँझमा हिमालयको दृश्य’, ’प्रातकालीन किरण’, ’जूनकीरी’, ’सपनाझैँ देखेँ तिनलाई’, ’वर्षा आयो’, ’वसन्त’जस्ता अनेकानेक कविता शारदामा प्रकाशित भइसकेका थिए।

लभभग ६ दशकभन्दा वढी समयसम्म नेपाली र नेवारी भाषामा साहित्यको सृजना अनि साधनामा समर्पित कवि श्रेष्ठ नेपाली साहित्य आकाशका विभूति हुन् । कलमका वीर योद्धा मानिन्छन् । आफ्नो लामो काव्य यात्रामा कविताका विभिन्न विधा (फुटकर कविता, कवितासंग्रह, गीत, खण्डकाव्य आदि) मा आफ्ना प्रशस्त कृति दिएर, आफ्नो बहुमूल्य योगदान दिएर नेपाली साहित्यलाई समृद्ध एवम् महत्वपूर्ण बनाउनमा उनीपूर्ण रुपमा सफल भएका छन् ।

एक सशक्त कविले युगप्रतिको आफ्नो दायित्वलाई राम्ररी बुझेको हुन्छ । युगकवि सिद्धिचरण श्रेष्ठले पनि युगको आवश्यकता र मागअनुसार नेपाली जनताका दुःख राम्ररी बुझेर आफ्ना काव्यहरूमा युग–चेतनालाई सशक्त अभिव्यक्ति दिएका छन् । समाजका यथार्थपरक प्रवृत्तिलाई चित्रण गरेर समाजमा नग्नचित्र प्रस्तुत गरेका छन् । उनले नेपाली जनतालाई सही मार्गदर्शन पनि दिएका छन् ।
उनका सम्पूर्ण काव्यहरूको मूल स्वर नै युग–चेतना र मानववाद रहेको देखिन्छ । युगद्रष्टा र युगस्रष्टाको दायित्व निर्वाह गर्दे समाजमा व्याप्त विकृतिहरूलाई समाप्त गर्ने दिशामा जीवनपर्यन्त उहाँसमर्पित गरेका कबि हुन सिद्धिचरण ।


कविको प्रायः सम्पूर्ण काव्यसाधना नै त्याग, तपस्या, कटिबद्धता र संघर्षको अभिव्यक्ति हो । युगबोधले पूर्णतया परिपूर्ण अनि विश्व बन्धुत्वको भावनाले अभिप्रेरित भएर ‘सर्वे भवन्तु सुखिनः’को मूल मन्त्र लिएर उहाँआजन्म कर्मक्षेत्रमा सक्रिय भए । नेपाली साहित्यमा क्रान्तिको विगुल फुक्ने कवि सिद्धिचरण हुन् । युवावर्गलाई साहसी र जागृत बनाउनका लागि उनले १९९५ सालमा ‘चम्क युवक’ कविता रचना गरे । सामाजिक र राष्ट्रिय कर्तव्यबोधले अभिप्रेरित यनले अनेकौं कविता लेखेर देशका लागि समर्पण र आत्मबलिदानका सन्दर्भ अनि संकटसँग जुझ्नका लागि अदस्य प्रेरणा प्रदान गरे । क्रान्तिका लागि आह्वान गरेर मानवतावादी विरोधी तत्वहरूलाई समाप्त गर्ने प्रयासमा कविका सम्पूर्ण जीवन व्यतीत गरे ।

उनका सम्पूर्ण कविताहरूले अन्याय, अत्याचार र दमनविरुद्ध क्रान्तिको संखनाद फुकेको छ । मङ्गलमानजस्ता रचनाले उनलाई एउटा क्रान्तिकारी कविको रूपमा प्रतिष्ठित गरेको छ । ‘भीमसेन थापा’ जस्ता कृति शोक काव्य भएर पनि राष्ट्रियता र देशीय स्वाभिमानको रक्षाका लागि एउटा अत्यन्त क्रान्तिकारी चेतना प्रदान गरेको छ । उनको ‘जूनकीरी’जस्ता काव्यले पनि समाजमा व्याप्त संकिर्णतालाई समाप्त गर्ने दिशामा एउटा सशक्त परिवर्तन प्रेरणा प्रदान गरेको छ । साथै नारीवर्गलाई अत्यन्त साहस र प्रोत्साहित प्रदान गरेको छ । बालिवधले जातीय र देशीय एकतालाई नेै अगाडि राखेर राष्ट्रियताको सन्देश दिएको छ ।


कवि सिद्धिचरण आफ्ना उपर्युल्लिखित कविताहरूमा त्यसबेला जनमानसमा भित्रभित्रै गुम्सिरहेको र अरू कसैले मुखरति तुल्याउन नसकेको एकतन्त्रीय क्रूर जहानियाँ राणाशासनविरोधी युगीन विद्रोह र क्रान्तिको आवाजलाई नै वाणी मानिन्छ । अंश सर्वस्वसहित १८ वर्षको कठोर काराबासको सजाय पाएका कवि श्रेष्ट श्री ३ जुद्धको महर्षि बन्ने अभिलाषाले गर्दा पाँच वर्षपछि अर्थात् २००२ सालमा कवि रिह्रा भएका थिए । उनले राणा विरोधी हुँदा पाएको सजायको आफ्ैमा मुटु चुाडिने खालको छ ।


आफ्नो जीवनको अन्तिम समयसम्म पनि अनवरत साहित्यसाधनामा समर्पित रही आफ्ना अनेक अमूल्य कालजयी काव्यकृतिद्वारा नेपाली र नेवारी साहित्यलाई समेत अपूर्व सौन्दर्यमय एवम् गरमिामय बनाएर ०४९ जेठ २२ गते यस धर्तीबाट सदाका लागि बिदा भएका हुन् । आज युगकवि सिद्धिचरण भौतिक रूपमा यस संसारमा छैनन तापनि उनी समस्त साहित्यप्रेमी नेपाली जनजनका मनमनमा सदा विराजमान छन् । आज उनको सम्मान गर्नेले यो दुखद लकडाउनको समय घरघरमा बसेर उनको स्मरण गर्दे जयन्ती मनाउँनुको अर्को विकल्प छैन् ।

नेपाली हु“, कठिन गिरिमा चढ्नलाई सिपालु
बैरी म होस् तर छु बहुतै दीनमाथी दयालु
तातो रातो रगत रिपुको प्युन हर्दम तयार
मेरो देश प्रिय खुकुरी यो हेर भै होसियार।

1

Scroll to Top