२१ जेठ, काठमाडौं ।
बलिउडका चर्चित संगीतकार वाजिद खानकी आमालाई पनि कोरोना संक्रमण भएको छ। संगीतकार खानको सोमबार ४२ वर्षको उमेरमा कोरोनाका कारण निधन भएको थियो ।
वाजिद खानकी आमा रजिया खानलाई मुम्बईको चेम्बुरस्थित सुराणा सेठिया अस्पतालमा भर्ना गरिएको छ। वाजिदको पनि उपचारको क्रममा यही अस्पतालमा निधन भएको थियो।
स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले वाजिदको आमाको स्वास्थ्यमा सुधार आइरहेको र उनको कोरोना परीक्षण नेगेटिभ नआएसम्म उनी अस्पतालमा रहने बताएको छ । एजेन्सी


