Banijya News

प्रदेश १ ले स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा राख्ने

1
1.1K Shares

प्रदेश १ सरकारले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको छ । शुक्रबार प्रदेश प्रमुख सोमराज अधिकारी (प्यासी) ले प्रदेश १ को प्रदेश सभामा प्रदेश सरकारको आर्थिक वर्ष ०७७÷७८को नीति र कार्यक्रम प्रस्तुत गर्दै सरकारले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको बताए ।


प्रदेश सरकारले युवाहरुलाई रोजगारी प्रदान गर्न मुख्यमन्त्री र प्रदेश प्रमुख स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याउने, आगामी वर्ष स्वदेशी लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।
कोरोना भाइरसका कारण उद्योग व्यापारमा परेको प्रभाव कम गर्न करका दरमा पुनरोत्थानसहितको आवश्यक राहत व्याकेजको व्यवस्था गरेको छ । हरेक जिल्ला अस्पताललाई कम्तीमा ४ वटा भेन्टिलेसन सहित आबश्यक चिकित्सकको व्यवस्था गर्ने, सबै स्थानिय तहमा बहु पोषण कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रदेश सरकारको नीति छ ।


प्रदेशमा धेरै भन्दा धेरै रोजागारी सृजना गर्नका लागि युवालाई प्राबिधिक शिक्षामार्फत् दक्ष बनाउने सरकारले नीतिगत व्यवस्था गरेको छ । कृषिमा आत्म निर्भर हुन मेरो कृषि मेरो पौरख कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । डिजिटल प्रदेश कार्यक्रम कार्यान्वयनमा ल्याउने, सीमान्तकृत तथा गरिबलाई सौलियतमा खाद्यान्न उपलब्ध गराउन राशन कार्डको व्यवस्था गर्ने सरकारले नीतिगत व्यवस्था गरेको छ ।


निव्र्याजी कृषि उद्यम कर्जा उपलब्ध गराउने, ५ लाख रुपैयाँसम्मको सौलियतपूर्ण कृषि कर्जा लिएका साना किसानको ३ वर्षसम्मको व्याज प्रदेश सरकारले ब्यहोर्ने किसानले उत्पादन गरेको वस्तुको मूल्य र बजारको व्यवस्था प्रदेश सरकारले गर्ने नीतिगत व्यवस्था गरिएको छ ।


प्रदेशमा प्राङ्गारिक मल कारखाना स्थापना गर्ने, नगद अनुदान निरुत्साहित गर्दै उत्पादनका आधारमा अनुदानको व्यवस्था गरिने छ । कृषि सूचना तथा सञ्चार केन्द्र स्थापना गर्ने, फलफूल खेतीको विस्तारका लागि १ स्थानीय तह १ नर्सरीको व्यवस्था गर्ने भएको छ ।

1

Scroll to Top