Banijya News

लकडाउन उल्लङन गर्नेलाई नगद जरिवाना देखि ६ महिनासम्म थुनामा राखिने

1
1.3K Shares

देशका बिभिन्न स्थानमा सरकार विरुद्ध प्रर्दशन भैरहेका छन् । पोखरा चितबन, राजधानी काठमाडौं लगायतका क्षेत्रमा सरकार विरुद्ध सरकार संचानमा असफल भएको भन्दै प्रर्दशन गर्दे आएका छन् । प्रर्दशनकारीले हातमा प्लेकार्ड हातमा बोकेर जुलुस प्रदर्शन गर्ने क्रम बढेको भन्दै त्यसो नगर्न आग्रह गर्दे गृहमन्त्रालयले विज्ञप्ति निकाल्दै कारवाही गर्ने जनाएको छ ।


मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर प्रदर्शन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो । केही दिनदेखि सरकारविरुद्ध प्रदर्शन बढ्न थालेपछि गृह मन्त्रालयले यस्तो चेतावनी दिएको हो । लकडाउनको उल्लङन गर्नेलाई १०० देखि ६०० रुपैयाँसम्म जरिबाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने छ ।

लकडाउनको आदेशको अवहेलना गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिबाना र एक महिना देखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले निकाल्लेको विज्ञप्तिमा अहिले कतिपय व्यक्ति सामाजिक सञ्जालबाट निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिलाई सहभागी बनाउने, ज्ञापनपत्र दिन जाने आदि जस्ता कामका संलग्न भएको भन्दै लकडाउनको आदेश विपरीत हुने गरी कुनै पनि काम कारवाही नगर्न, नगराउन र कुनै पनि बहानामा संलग्नसमेत सहभागि नहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ । मन्त्रालयले आवश्यक काम नपरि हिँडडुल गर्न नहुने, हिँडडुल गर्न वा आवागमन गर्नै पर्ने भएमा पनि न्यूनतम भौतिक तथा सामाजिक दुरी कायम गर्नुपर्ने जनाएको छ ।

1

Scroll to Top