Banijya News

कोरोना संक्रमितले नेपालमा पाए पहिलोपल्ट बीमा भुक्तानी

1
1.1K Shares

नेपालमा पहिलो पटक कोरोना संक्रमितलाई वीमा दाबी भुक्तानी गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को समयमा आएको कोरोना बिमाको पहिलो दाबी शुक्रबार भुक्तानी भएको हो । नेको इन्स्योरेन्सले शुक्रबार कृषि विकास बैङ्कको खातामा सो दाबी रकम भुक्तानी गरिदिएको हो ।
कोरोना बिमा गराएका कृषि विकास बैङकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई बिमा बापतको एक लाख रुपैयाँ भुक्तानी गरिएको हो ।
बिमा समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो । सोही प्रबधान अनुसार पहिलो पल्ट कृषि बिकाश बैंकका कर्मचारीलाई कोरोना बीमा भुत्तान गरिएको हो ।

हालसम्म ४ लाख भन्दा बढी नागरिकले कोरोना बीमा गराएका छन् भने २२ करोड रुपैयाँ भन्दा बढी प्रिमियम संकलन भएको छ । कोरोना बीमामा हालसम्म ४ वटा दावी परेको छ । यो बढने क्रम जारी छ । वीमा भुक्तानकिो लागि पिसिआर परिक्षणको रिपोर्ट आउने वित्तिकै बीमा दावी लाग्ने र भुक्तानी पाइने व्यवस्था गरेको गरेका कारण बीमा दाबी पनि बढेको हो ।

कोरोना संक्रमण पुष्टि भएका बीमितहरुलाई धमाधम भुक्तानी दिन थालेपछि कोरोना बीमाको विश्वसनियता अझै बढ्ने कार्यकारी निर्देशक पौडेल बताउँछन् ।

1

Scroll to Top