Banijya News

आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औँ जन्मोत्सव

1
1.1K Shares

असार २३,काठमाडौँ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आज ७४औं जन्मदिन मनाउँदैछन् । ज्ञानेन्द्र राजा महेन्द्रका माइला छोरा हुन् । शाहको जन्म वि.सं. २००४ असार २३ गते पूरानो नारायणहिटी राजदबारमा भएको थियो।

यसवर्ष पूर्वराजाको जन्मोत्सवमा कुनै विशेष औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । कोरोना संक्रमणको जोखिमका कारण कुनै कार्यक्रमको आयोजना नगरिएको पूर्वराजाको सचिवालयले जनाएको छ । जन्मदिनका अवसरमा शाहलाई राजतन्त्र समर्थकदेखि सर्वसाधारणले बधाई एवम शुभकामना दिएका छन् ।

नेपालको इतिहासमा शाहले दुईपटक राजगद्दी सम्हालेका थिए । वि.सं. २००७ कार्तिक २२ गतेदेखि पुस २३ गतेसम्म उनी पहिलोपटक राजा भएका थिए । २०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र फेरि राजा बनेका थिए ।

1

Scroll to Top