Banijya News

नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयर आवेदन १७ गतेसम्म दिन सकिने

1
1.1K Shares

नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयर आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । बैंकको लिलामी शेयर आवेदन दिने मिति चैत १० गते देखि १७ गतेसम्म तोकिएको थियो । कम्पनीले हकप्रद शेयरमा विक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर विक्रि गर्न लागेको हो ।
इच्छुक जो कोही ब्याक्ति संस्था वा कम्पनीहरुले भोलि अपरान्ह ३ बजे सम्म आवेदन दिनु पर्ने छ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. एक सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकत शेयर सख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड विक्री प्रबन्धकमा रहेको छ ।

1

Scroll to Top