Banijya News

के मध्यरातमा कर र राजश्वको दर परिवर्तन गरिएको हो ?

1
1.2K Shares

 

प्रमुख प्रतिपक्षी एमालेले अर्थ मन्त्रालयका पूर्व कर्मचारीलाई सामेल गरेर बजेट घोषणा हुने अघिल्लो दिन मध्यरातमा कर र राजश्वको दर परिवर्तन गरिएको भन्दै संसदमै आपत्ति जनाएको छ ।

गोपनियता भंग हुने गरी अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका उच्च अधिकारीलाई वेवास्ता गर्दै पूर्व कर्मचारीलाई सहभागी गराएर करका दरहरु परिवर्तन गराएको एमालेको आरोप छ । प्रतिनिधिसभाको हिजोको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले अमूक व्यक्तिलाई करको दायरा परिवर्तनको जिम्मा दिएको भन्दै आपत्ति जनाए ।

कर, भन्सार र राजस्वको दर परिवर्तन कसरी गरिएको भन्नेबारे अर्थमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग एमालेले राखेको छ । करको बिषयमा गोपनियता कायम राख्न नसक्नु देश हित विपरित भएको सांसद भट्टराईको छ ।
अर्थमन्त्री शर्माले मन्त्रालयका पूर्वकर्मचारीलाई सहभागी गराएर बजेटमार्फत् करको दायरा फेरिएको समाचार सञ्चारमाध्यममा आएपछि सो बिषयले संसदमा प्रवेश पाएको हो ।

 

1

Scroll to Top