Banijya News

कामना सेवा विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित

1
1.1K Shares

कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्ममा कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबर निक्षेप संकलन गरी ५२ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ ।

सोही अवधिसम्म बैंकले ९८ करोड ७० लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार पूँजीकोष अनुपात १३.२० प्रतिशत छ भने निष्क्रिय कर्जा ३.३८ प्रतिशत छ । त्यसैगरी १८.१० रुपैयाँ प्रतिसेयर आम्दानी भएको बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख बराबर छ ।

देशभरिका १ सय ३० शाखा सञ्जालबाट अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गने नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको छ । धितोपत्र बोर्डको स्वीकृतिपछि आवश्यक प्रक्रिया पूरा गीि सेयर जारी गर्ने बैंकले जनाएको छ ।

1

Scroll to Top