Banijya News

राप्ती हाइड्रो पावरको अवितरित हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गरिने

1
1.1K Shares

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गरिने भएको छ । कम्पनीले गत असार १ देखि २४ गते सम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद मध्ये ७ लाख ४ हजार १११ कित्ता हकप्रदमा आवेदन परेको थिएन ।

सोहि सेयरलाई कम्पनीले अहिले बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । कम्पनीले यही साउन १३ गतेदेखि उक्त हकप्रदको बिक्री आवेदन खुलाउने जनाएको छ । न्यूनतम १०० रुपैयाँ अंकित दरको यो हकप्रद खरिदका लागि सबै व्यक्ति,कम्पनी वा संघ संस्थाहरूले साउन २० गते सम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

न्यूनतम् १०० कित्ता र अधिकतम्मा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू, ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बाग्लुङ,बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर, बिर्तामोड, विराटनगर, विरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ र पोखराबाट आवेदन पेश गर्न सक्नेछन् ।

1

Scroll to Top