Banijya News

जथाभाबी वाई-फाई हटस्पट सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुने

1
1.2K Shares

नेपाल दूरसञ्चार प्राधिकरणले जथाभाबी वाई-फाई हटस्पट सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गर्ने भएको छ। आइतबार सूचना जारी गरेर प्राधिकरणले हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधानविपरीत वाई-फाई हटस्पट सञ्चालन गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो।

आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवाको अनुमति पाएका सेवा प्रदायकहरूले मात्रै वाई-फाईको माध्यमबाट सिमलेस कनेक्टिभिटी/रोमिङ/मोबिलिटी प्रदान गर्न पाउने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले वाई-फाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८० को दफा ७.४, अनुसूची ४ बमोजिम पावर लिमिट, ब्याकहल/ब्याकबोन रेस्ट्रिक्सन लगायतका शर्तहरू अनिवार्य पालना गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।

शर्तहरू पालना गरेर प्राधिकरणबाट टाइप-एप्रुभल भएका रेडियो उपकरणहरू मात्र प्रयोग गर्न प्राधिकरणले निर्देशन दिएको छ।

1

Scroll to Top