Banijya News

एशियन लाईफ इन्स्योरेन्सले संकलन गर्यो नौ अर्ब बीमाशुल्क

1
1.1K Shares

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा नौ अर्ब रूपैयाँ भन्दा बढी बीमाशुल्क आम्दानी गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृतले १७ औँ वार्षिक साधारण सभाका अवसरमा शेयरधनीलाई दिएको जानकारी अनुसार, असार २९ गतेसम्ममा नविकरण र प्रथम बीमाशुल्क समेत करिब ९ अर्ब रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको हो।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार असार ३१ गतेसम्म बीमालेख जारी गरेको यो कम्पनीको थप २ कारोबार दिनमा कुल बीमाशुल्क गत आवमा ९ अर्ब रूपैयाँ भन्दा माथि पुगेको छ। गत वर्ष कम्पनीले बीमालेखको बिक्रीबाट ३ अर्ब रूपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेको बताइएको छ।

पछिल्लो समयमा वैदेशिक रोजगार म्यादी बीमालेख बिक्रीमा पनि आक्रामक देखिएको यो कम्पनीले गत आवको जेठ मसान्तसम्ममा ८९ करोड ५८ लाख ५० हजार रूपैयाँ यो बीमालेखको बिक्रीबाट संकलन गरेको थियो। गत आवको पछिल्लो केही महिनाको मासिक औसत संकलन १० करोड रूपैयाँ हिसाबले वैदेशिक म्यादी बीमालेखबाट झण्डै १ अर्ब रूपैयाँ संकलन गरेको अनुमान गर्न सकिन्छ।

प्राधिकरणका अनुसार, अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा यो कम्पनीले कुल ८ अर्ब ५४ करोड रूपैयाँ बीमाशुल्क आम्दानी गरेको थियो। यो मध्ये १ अर्ब ९२ करोड ९३ लाख रूपैयाँ प्रथम बीमाशुल्कवापतको संकलित बीमाशुल्क र बाँकी नविकरण बीमाशुल्क थियो।

कम्पनीले गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा वैदेशिक रोजगार बीमाशुल्क समेत ७ अर्ब ८६ करोड १२ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

प्राधिकरणका अनुसार, जेठसम्मको प्रथम बीमाशुल्क १ अर्ब ५८ करोड ९७ लाख ६६ हजार, वैदेशिक रोजगार बीमाशुल्क १९ करोड ६९ लाख ८९ हजार(जीवन बीमकहरूबीच बाँडफाँड अनुपातको अाधारमा) र नविकरण बीमाशुल्कबाट ६ अर्ब ७ करोड ४४ लाख ७२ हजार रूपैयाँ संकलन गरेको थियो।

1

Scroll to Top