नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई समयसीमा तोकेर प्रतिसेयर आम्दानी, लाभांश प्रस्ताव लगायतका लगानी महत्वको जानकारी दिन निर्देशन जारी गरेको छ।
कम्पनीहरूले दिएको यस्तो जानकारी नेप्सेको वेबसाइटमार्फत् सार्वजनिक हुँदै आएको छ।
आर्थिक वर्ष समाप्त भएको पाँच महिना भित्र लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन बुझाउनु पर्ने भएको छ।
प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिसेयर खुद सम्पत्तिको मूल्य, प्रति सेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरण सहितको त्रैमासिक प्रतिवेदन यस्तो त्रैमास समाप्त भएको तीस दिन भित्र बुझाउनु पर्ने भएको छ।