Banijya News

विद्युत्‌ प्राधिकरणको मन्त्रीकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्रीको निर्देशन

1
1.3K Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार‚ यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले मगंलवार रत्नपार्कस्थित विद्युत्‌ प्राधिकरणको प्रधान कार्यालयमा पहिले बनाइएको मन्त्रीका लागि कार्यकक्ष तत्काल बन्द गरी प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका छन् ।

पूर्वऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राधिकरणको प्रधान कार्यालयमा मन्त्रीका लागि कार्यकक्ष बनाउन लगाएका थिए ।

वर्तमान ऊर्जामन्त्री घिसिङ नै प्राधिकरणको कार्यकारी निर्देशक हुँदा तत्कालीन मन्त्री खड्काले प्राधिकरणको प्रधान कार्यालयमा मन्त्रीका लागि कार्यकक्ष बनाउन लगाएका थिए ।

1

Scroll to Top