Banijya News

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख २३ हजार

1
1.2K Shares

स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेर हालम्मकै उच्च विन्दुमा पुगेको छ । आज (बुधबार) सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला दुई हजार ६८० रुपैयाँमा कारोबार भएको थियो । एकै दिन चाँदी २० रुपैयाँ बढेको छ ।

1

Scroll to Top