Banijya News

अध्यक्ष र सीईओको राजीनामा माग्दै आन्दोलनमा नेप्सेका कर्मचारी

1
1.3K Shares

नेप्से कर्मचारी संघ, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छ । मंगलबारदेखि आन्दोलनमा उत्रेको संघले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामा मागेको हो ।

संघले जारी गरेको विज्ञप्तिमा सम्पुर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गर्ने, प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने, नेप्से सञ्चालक समितिका अध्यक्ष र सीईओको राजिनामा मागेको छ । संघले अध्यक्ष र सीईओले राजीनामा नदिएसम्म निरन्तर विरोध कार्यक्रम जारी राख्ने जनाएको छ ।

‘अध्यक्ष हेमन्त बस्यालको कन्सल्टेन्सी र नेप्सेबीच पुरानो भुक्तानीसम्बन्धी विवाद रहेकै अवस्थामा उनी नेप्सेको अध्यक्षमा नियुक्त हुनु स्वार्थ बाझिने विषय भएको कर्मचारीहरुको भनाई छ । आर्थिक चलखेल गर्ने, कर्मचारी फुटाउने, प्रविधि बिगारेर सर्वसाधारणमा आक्रोश बढाउने नियतले प्रवेश गरेका हेमन्त बस्याललाई नेप्सेका कर्मचारीहरूले अध्यक्षका रूपमा स्वीकार गर्न सक्दैनन् ।’ कर्मचारी संघद्धारा जारी विज्ञप्तिमा

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत चापागाँइको कार्यकाल ६ महीना बितिसक्दा पनि नेप्सेको पुर्नसंरचना, अन्तर्राष्ट्रिय प्रविधि ल्याउने तथा लगानीकर्ताको विश्वास अभिवृद्धी गर्ने तर्फ भन्दा पनि विचौलियाको अनुचित दवाव, प्रभाव र निर्देशनमा काम गर्दै आएको उनीहरुको आरोप छ ।

संस्थाको स्पष्ट कार्ययोजना तयार गर्न असक्षम र असमर्थ भई कमजोर निर्णय क्षमताको कारण उनीबाट आगामी दिनहरुमा संस्था सुधार गर्ने तर्फ कुनै पहल कदमीको सम्भावना समेत शून्य प्राय देखिएले तत्काल राजिनाका लागि जोडदार माग गदै चरणबद्ध सङ्घर्ष कार्यव्रmमहरु घोषणा गरेका हुन ।

नेप्सेका कर्मचारीले आफुले पाउनु पर्ने ५ प्रतिशत बोनस नदिएको भन्दै मंगलबार अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणी चापागाईलाई करिब १३ घन्टा नेप्सेमा बन्दी बनाएर राखेका थिए । रातको १२ बजेको समयमा प्रहरी आएर अध्यक्ष र सीईओलाई घर पठाएको थियो ।

नेप्से सञ्चालक समितिले अर्थ मन्त्रालयको स्वीकृत बिना ५ प्रतिशत बोनस दिन नमिल्ने भन्दै रोकेको छ । कर्मचारी भने श्रम अदालतले ५ प्रतिशत दिनु पर्छ भनेका कारण अदालतको आदेश मान्नुपर्ने पक्षमा रहेका छन् ।

1

Scroll to Top