नेपालको तराईमा अति भारी वर्षा भएको छ। बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरुमा अति भारी वर्षा मापन भएको छ। हालसम्म १० वटा केन्द्रले खतराको तह पार गरेको छ।
बागमती, मधेस र कोसी प्रदेशका थुप्रै केन्द्रहरू खतरा तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


