जेनजी
जेनजी आन्दोलनबाट भएको क्षतिको बीमा कम्पनीहरुले भुक्तानी दिन सुरु गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले कुल १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँको दाबी भुक्तानी गरेका हुन् ।
बीमा कम्पनीमा जेनजी आन्दोलनबाट भएको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी परेको थियो । उक्त दाबी मध्ये बीमा कम्पीहरुले १ अर्ब ५८ करोड माथिको दाबी भुक्तानी दिएको नेपाल बीमा प्राधिकरणले र्साजनिक गरेको तथ्यांकले देखाएको छ । भदौ २३ गतेदेखि सुरु भएको जनेजी आन्दोलनका कारण भएको क्षतिको ३ हजार ९९ वटा दाबी परेका थिए । निजी क्षेत्रबाट सञ्चालित बीमा कम्पनीहरुले दाबी भुक्तानी दिन सुरु गरिसक्दा समेत सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने कुनै पनि दाबी भुक्तानी गर्न सकेको छैन भने सबै भन्दा धेरै दाबी भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गरेको छ । राष्ट्रिय बीमा कम्पनीमा कुल २४१ दाबीको ५७ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गर्नु पर्ने छ । तर, सरकारी कम्पनीले अहिलेसम्म एउटा पनि दाबी भुक्तानी गरेको छैन ।
सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको सिद्धार्थले ५९ करोड ४४ लाख रुपैयाा दाबी भुक्तानी गरेको छ । यो कम्पनीमा ५ अर्ब ६१ करोड ४४ लाख रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ३९१ वटा दावी परेका छन् । सर्वाधिक बीमा दावी पर्नेमा द ओरियण्टल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ ।
कम्पनीमा देशभरीबाट ९७ वटा दावी बापत ५ अर्ब २४ करोड ४७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले असोज २३ गतेसम्मको अवधिमा ५ लाख ७० हजार रुपैयाँ मात्र दावी भुक्तानी वितरण गरेको छ । त्यस्तै सबैभन्दा बढी बीमा दावी पर्नेमा तेस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । हालसम्म कम्पनीमा कुल २०४ वटा दावी बापत २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीले असोज २३ गते अर्थात बिहीबार ३० करोड ४३ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरिसकेको छ ।


