Banijya News

इनड्राइभको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का

1
1.2K Shares

विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको छ। सो अवसरमा कम्पनीले नयाँ ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” सार्वजनिक गरेको छ।

क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितालाई केन्द्रमा राख्दै इनड्राइभको पियर–टू–पियर मोडेललाई प्रवर्द्धन गर्छ, जसअन्तर्गत यात्रु र चालकबीच प्रत्यक्ष मोलमोलाई गर्न सकिनेछ। प्रयोगकर्ताले एपमार्फत आफ्नै भाडा प्रस्ताव गर्न र चालक रोज्न सक्ने सुविधा पाउनेछन्।

इनड्राइभका एशिया–प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीका अनुसार यो क्याम्पेनले स्वतन्त्रता, समानता र समुदायजस्ता मूल्यहरूलाई मूर्त रूप दिन्छ, र स्वस्तिमा खड्का यसका लागि उपयुक्त प्रतिनिधि हुन्।

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले क्याम्पेनले निष्पक्ष गतिशीलता र पारदर्शिता प्रतिको कम्पनीको प्रतिबद्धता झल्काएको बताइन्।

1

Scroll to Top