Banijya News

‘एनसेलले तिर्नुपर्ने कुनै कर बक्यौता छैन’

1
1.3K Shares

एनसेलले हाल सरकारलाई कुनै पनि कर तिर्न बाँकी नरहेको ठूला करदाता कार्यालयले जनाएको छ। एनसेलको कुनै पनि बक्यौता नरहेको आन्तरिक राजश्व कार्यालय मातहतको ठूला करदाता कार्यालयले मंसिर दुई गते अर्को एक सरकारी निकायलाई लेखेको पत्रमा उल्लेख गरेको छ।

सञ्चार उपकरण आयातका लागि अनुमति दिनुअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ठूला करदाता कार्यालयसँग एनसेलले नियमित कर चुक्ता गरे, नगरेको र आफ्नो कारोबारसँग सम्बन्धित सबै प्रकारका दायित्वहरु अद्यावधिक गरे नगरेको बारेमा मागेको जानकारीको क्रममा कार्यालयले यस्तो जवाफ पठाएको हो।

एनसेलले लामो समयदेखि सञ्चार उपकरण आयात गर्न पाएको थिएन। पछिल्लो समय एनसेललाई सरकारले आयातमा सहजिकरण गरिदिएको हो। यससँगै गत जेठमा एनसेलले आफ्नो सञ्चार उपकरण आयात गर्ने प्रक्रिया अगाडी बढाएको थियो।

प्राधिकरणबाट सहजिकरण भएपछि पछिल्ला समय एनसेलले आक्रामक रुपमा आफ्नो फोरजी सेवाको गुणस्तार सुधार र विस्तार गर्दै आएको छ। गएको पाँच हप्तामा कम्पनीले देशभर ८० बढि नयाँ टावरहरु जडान गरी सञ्चालनमा ल्याएको छ।

डिसेम्बरभित्र झन्डै दुई सयवटा नयाँ टावर सञ्चालनमा ल्याउने एनसेलको तयारी छ।

1

Scroll to Top