Banijya News

मल आपूर्ति र धान खरिदको कोटा बढाउन सुदूरपश्चिम प्रदेश सरकारको पहल

1
1.2K Shares

सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि आवश्यक रासायनिक मल र धानको सहज खरिदका लागि कोटा बढाउन पहल गरेको छ । गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा रहेकाले समस्या भोग्नुपरेको किसानबाट निरन्तर गुनासो आएकाले यो समस्या समाधानका लागि पहल थालिएको प्रदेश सरकारले जनाएको छ ।

किसानको मागअनुसार सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् न्यूनतम समर्थन मूल्यमा धान खरिदको सहजताका लागि प्रयास गरिएको मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका लागि १३ प्रतिशत रासायनिक मलको कोटा हुनुपर्नेमा अहिले ६ प्रतिशत मात्र आपूर्ति हुन सकेकाले मलको अभाव छ । किसानले गहुँ बालीका लागि प्रयोग गर्नुपर्ने युरिया मलको अभाव भइरहेको गुनासो गरिरहेका छन् ।

1

Scroll to Top