Banijya News

ग्लोबल आइएमई लघुवित्तद्धारा लाभांश घोषणा

1
1.1K Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहररूले पाउनेछन्।

1

Scroll to Top