Banijya News

सुनको भाउ हालसम्मकै उच्च

1
1.2K Shares

आज मंगलबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन तोलाको ५ हजार ५०० रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ । तोलाको २० रूपैयाँले बढेर चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो एक तोला चाँदीको मूल्य ४ हजार २३५ रुपैयाँ थियो । आज ४ हजार २५५ रुपैयाँ कायम भएको छ ।

1

Scroll to Top