नेपाल टेलिकमसहित १४ वटा सूचीकृत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी कम्पनीहरूले साधारणसभा प्रयोजनका लागि पुस १८, १९ र २० गते बुक क्लोज गर्ने निर्णय गरीसकेका छन ।
आजसम्म शेयर खरिद गर्ने लगानीकर्ताले घोषित बोनस सेयर र नगद लाभांश पाउनेछन्। नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत नगद लाभांश प्रस्ताव् राखेका छन्।
अपि पावर, स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रो, कालिका पावर, हिमालयन लघुवित्तलगायत कम्पनीहरूले बोनस सेयरसहित नगद लाभांश वितरण गर्ने घोषीत गरेका छन्। सम्बन्धित कम्पनीहरूको साधारणसभा पुस २७ देखि माघ ३ गतेसम्म हुने तय भएको छ।
आजसम्म शेयर खरिद गर्ने लगानीकर्ताले निम्न कम्पनीहरूको लाभांश हात पार्न सफल हुनेछन्।
युनाइटेड इदीमार्दी एण्ड आरवि हाइड्रोः ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद, साधारणसभा पुस २७
कालिका पावर कम्पनीः ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद, साधारणसभा पुस २८
हिमालयन लघुवित्तः ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद, साधारणसभा पुस २८
अपि पावर कम्पनीः ५ प्रतिशत बोनस र ०.२६३२ प्रतिशत नगद, साधारणसभा पुस २९
ग्लोबल आईएमई लघुवित्तः ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद, साधारणसभा पुस २९
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः २५ प्रतिशत नगद, साधारणसभा पुस २९
सगरमाथा लुम्बिनी इन्स्योरेन्सः १५ प्रतिशत नगद, साधारणसभा पुस २९
अरुण भ्याली हाइड्रोः ५ प्रतिशत बोनस र ०.२६३प्रतिशत नगद, साधारणसभा पुस ३०
समता घरेलु लघुवित्तः ५ प्रतिशत बोनस र ०.२६३२ प्रतिशत नगद, साधारणसभा पुस ३०
मेरो माइक्रोफाइनान्सः४.७५५ बोनस र ०.२५ प्रतिशत नगद, साधारणसभा पुस ३०
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सः ६.४ प्रतिशत नगद, साधारणसभा पुस ३०
सूर्यज्योति लाइफ इन्स्योरेन्सः १३ प्रतिशत नगद, साधारणसभा पुस ३०
नेपाल टेलिकमः ३० प्रतिशत नगद, साधारणसभा पुस ३०
स्वरोजगार लघुवित्तः १४.२५ प्रतिशतबोनस र ०.७५ प्रतिशत नगद, साधारणसभा माघ ३


