Banijya News

सुपर मादी हाईड्रोपावरको लक इन अवधि माघमा समाप्त हुने

1
1.1K Shares

सुपर मादी हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी माघ २१ गते समाप्त हुने भएको छ । उक्त अवधिमा कम्पनीको कुल १ करोड ९८ लाख ८९ हजार १ सय कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

कुल सेयर संख्यामा संस्थापक समूहको १ करोड ८७ लाख ४२ हजार ५ सय कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको ४४ हजार १ सय कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि सुरक्षित गरिएको ११ लाख २ हजार ५ सय कित्ता रहेको छ ।

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

1

Scroll to Top