Banijya News

पोखरामा माघको अन्तिम हप्ता सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला हुने

1
1.1K Shares

गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना गरी युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला आयोजना गर्न लागिएको हो ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अर्को महिना माघ अन्तिम हप्ता प्रदर्शनी गर्ने तयारी छ । मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिनेछ ।

प्रतिस्पर्धात्मक प्रदर्शनीमा पहिलो हुनेले ४० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जानकारी दिनुभयो । प्रदर्शनीमा सहभागी हुन चाहनेले अनलाइन फाराम भर्नुपर्नेछ ।

तीमध्येबाट छानिएकालाई मेलामा सहभागी गराइनेछ । आवेदकको उमेर ४० वर्ष ननाघेको, उद्योग/व्यवसाय सञ्चालन गरेको १० वर्षभन्दा बढी नभएको तथा सरकारी कार्यालयमा दर्ता भएको एवम् वार्षिक कारोबार १५ करोडभन्दा बढी नभएको हुनुपर्ने गौतमले बताउनुभयो ।

पोखराबाट शुरुआत हुने प्रदर्शनी देशका सातवटै प्रदेशमा आयोजना हुनेछ भने अन्तिममा काठमाण्डौमा बृहत् प्रतिस्पर्धात्मक प्रदर्शनीमा समेत प्रदेशमा उत्कृष्ट रहेकालाई सामेल गरिने परिषद्ले जनाएको छ ।

1

Scroll to Top