Banijya News

हिमालयन बैंकका ६ संस्थापकले आफ्नो शेयर बिक्रीमा राख्दै

1
1.1K Shares

हिमालयन बैंक लिमिटेडका ६ जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेका छन् ।

शेयर बिक्री गर्न चाहने संस्थापक शेयरधनीहरूमा जीत कुमार श्रेष्ठ, घनमान बज्राचार्य, जयन्तकुमार अग्रवाल, हरि प्रसाद प्रसाईँ, महेन्द्र नाथ कर्माचार्य र तुलसी राम नेपाल रहेका छन् । उनीहरूले बिक्रीमा राखेको शेयर सङ्ख्या फरक–फरक रहेको छ ।

जीत कुमार श्रेष्ठको नाममा रहेको २० हजार चार सय बयासी कित्ता, घनमान बज्राचार्यको १९ हजार ४सय बयानब्बे, जयन्तकुमार अग्रवालको एक सय कित्ता, हरि प्रसाद प्रसाईँको ५ हजार २ सय अठासी कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २ सय सन्तानब्बे कित्ता र तुलसी राम नेपालको ७ हजार ४ सय नौ कित्ता बिक्रीमा राखिएको छ ।

संस्थापक शेयरको बिक्री मूल्य सम्बन्धित शेयरधनी अनुसार फरक–फरक रहेकाले विस्तृत जानकारीका लागि कानुन विभागमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कानुन विभाग काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र हालका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

1

Scroll to Top