आइतबार नेपाली बजारमा सुनको मुल्यमा वृद्धि आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।
शुक्रबार दुई लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।


