Banijya News

एनएलजी इन्स्योरेन्समा नेशनल लाइफको ५० प्रतिशत

1
1.1K Shares

एनएलजी इन्स्योरेन्स कम्पनीमा नेशनल लाइफले आधा शेयर स्वामित्व कायम राखेको छ। यससँगै कम्पनीको लगानी संरचना अझ विविध भएको र लगानीकर्ताको संख्यामा वृद्धि आएको छ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार १ प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व होल्ड गर्ने लगानीकर्ताको संख्या ६ रहेको छ । जसमध्ये सबैभन्दा धेरै शेयर नेशनल लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीमा नेशनल लाइफको ५०.१२ प्रतिशत स्वामित्व तथा १ करोड २८ लाख ५७ हजार शेयर रहेको छ । अघिल्लो वर्ष कम्पनीमा नेशनलको स्वामित्व ५० प्रतिशत थियो ।

कम्पनीको ठूला लगानीकर्ताको रुपमा हिमालयन रिइन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स प्रवेश गरेका छन्। हिमालयन रिइन्स्योरेन्सले ३१ लाख ४६ हजार शेयर खरिद गरी कम्पनीको दोस्रो ठूलो शेयरधनी बनेको छ, जसको स्वामित्व १२.४२ प्रतिशत छ। त्यस्तै, हिमालयन लाइफले ६ लाख ८३ हजार शेयर खरिद गरी तेस्रो ठूलो शेयरधनी बनेको छ, जसको स्वामित्व २.६६ प्रतिशत छ।

कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकको २ प्रतिशत स्वामित्व छ, जसमा ५ लाख १३ हजार कित्ता शेयर पर्दछन्। रण बहादुर शाहको स्वामित्व १.३९ प्रतिशत रहेको छ भने सिद्धेश्वर कुमार सिंहको १.२५ प्रतिशत छ। सिंहले गत वर्ष आफ्नो स्वामित्व घटाएका हुन्, अघिल्लो वर्ष यो २.३६ प्रतिशत थियो।

1

Scroll to Top