Banijya News

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंसहित १० शाखा गाभ्दै

1
1.2K Shares

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १० वटा शाखा कार्यालय समायोजन हुने भएका छन्। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले २०८३ वैशाख १ गतेदेखि ती शाखाहरूलाई नजिकैका अन्य शाखामा गाभेर सञ्चालन गर्ने जनाएको छ।

बैंकले बागमती, मधेश, कोशी र गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखाहरूलाई गाभी नजिकैको शाखाबाट एकीकृत कारोबार सुरु गर्नेछ । बागमती प्रदेशअन्तर्गत बागबजार शाखा पुतलीसडकमा, गौशला शाखा बत्तिसपुतलिमा, कपुरधारामा रहेको ठमेल शाखामा, पाटन शाखा लगनखेलमा, कुलेश्वरमा रहेको शाखा कालीमाटीमा, तथा भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणगढ शाखा वडा नम्बर ३ मा समायोजन गर्ने जानकारी दिएको छ ।

गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको बझापाटन शाखा वडा नम्बर १० मा रहेको अमरसिंह शाखामा तथा पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको लेखनाथ शाखा वडा नम्बर २७ मा रहेको तालचोक शाखामा गाभिने छ ।

त्यस्तै मधेश प्रदेशअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको शाखा वडा नम्बर १० मा, कोशी प्रदेशअन्तर्गत विराटनगर महानगरपालिका वडा नम्बर ८ मा रहेको शाखा वडा नम्बर ७ मा गाभिएको छ ।

बैंकले शाखा गाभिएपछि साविकका शाखाबाट सेवा लिँदै आएका ग्राहकहरूलाई अब तोकिएका नयाँ शाखामार्फत कारोबार गर्न आग्रह गरेको छ। यस क्रममा ग्राहकहरूलाई पर्न सक्ने असहजताप्रति बैंकले क्षमायाचना पनि गरेको छ।

1

Scroll to Top