हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साधारणसभा बस्दैछ । ३२ औं वार्षिक बैठक काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु भएको छ। कम्पनीले बैठकमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र लाभांश वितरण लगायतका एजेन्डा छलफल गर्ने अपेक्षा गरिएको छ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते बूक क्लोज गरिसकेको छ । यसर्थ पुस २० गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।


