युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कमल गौतमले पदबाट राजीनामा दिएका छन् । कम्पनीका अनुसार माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा मंसिर ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
यसबारे कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्ययले जानकारी दिएका छन् । कम्पनीका अनुसार उनले राजिनमा पत्रमा व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका हुन् ।


