Banijya News

मोबाइल आयातबाट चार अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन

1
1.1K Shares

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा मोबाइल आयातबाट राज्यले चार अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यस अवधिमा २३ अर्ब २९ करोड रुपैयाँ भन्सार मूल्य बराबरका १२ लाख ५२ हजार वटा मोबाइल फोन आयात हुँदा कुल कारोबार ३२ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

भन्सार विभागको तथ्यांकअनुसार आयात गरिएका मोबाइलमा बिक्री मूल्यमा जोडिने कर, मार्जिन र मूल्य अभिवृद्धि समेट्दा कारोबारको आकार उल्लेख्य रूपमा बढेको हो। आयातकर्ताले मोबाइल भित्र्याउँदा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत अन्तशुल्क तिर्नुपर्ने व्यवस्था छ। यसरी मोबाइल आयात गर्दा सरकारले एकमुष्ट रूपमा १८.६५ प्रतिशत राजस्व प्राप्त गर्दै आएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा १६ अर्ब ७१ करोड रुपैयाँ भन्सार मूल्यका ११ लाख ११ हजार वटा मोबाइल आयात भएको थियो, जसबाट २३ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको देखिन्छ। यससँग तुलना गर्दा चालु आर्थिक वर्षमा मोबाइल कारोबार करिब ३९ प्रतिशतले बढेको छ।

व्यवसायीहरूका अनुसार हाल २०–२५ हजारदेखि ३०–३५ हजार रुपैयाँ मूल्य दायराका मोबाइलको माग बढी छ। तथ्यांकले औसत नेपाली उपभोक्ताले २५–३० हजार रुपैयाँ मूल्यका मोबाइल प्रयोग गर्ने प्रवृत्ति देखाएको छ। आयातकर्तादेखि होलसेल र रिटेलसम्म पुग्दा थप मार्जिन जोडिँदा उपभोक्तासम्म आइपुग्दा मोबाइलको मूल्य ४० प्रतिशतसम्म बढ्ने गरेको छ।

1

Scroll to Top