Banijya News

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

1
1.2K Shares

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने भएको छ । आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभामा राप्रपाको कुनै पनि उमेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो ।

“हामी सम्पूर्णरुपले आगामी प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएका छौँ,” उनले भने, “त्यसैले पनि हामी राष्ट्रियसभाको निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेका हौँ ।”

1

Scroll to Top