माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्दै डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ। नेपालमा हस्पिटालिटी क्षेत्रलाई लक्षित गरी गरिएको यो पहिलो यस्तो सहकार्य हो।
यस सहकार्यअन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा माछापुच्छ्रे बैंकका अत्याधुनिक पीओएस ९एयष्लत या क्बभि० उपकरणहरू जडान गरिएका छन्। यी उपकरणहरूले ग्राहक तथा व्यापारी दुवैलाई छिटो, सुरक्षित र सहज भुक्तानीको सुविधा प्रदान गर्छन्। कार्ड तथा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने भएकाले दैनिक कारोबार अझ सरल, प्रभावकारी र पारदर्शी बन्ने अपेक्षा गरिएको छ। यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन महत्वपूर्ण योगदान पुग्ने बैंकको विश्वास छ।
स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन प्रतिबद्ध माछापुच्छ्रे बैंकले देशभरि आफ्नो सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ। हाल बैंकले १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टर गरी कुल २७४ सेवा केन्द्रहरू सञ्चालन गरिरहेको छ। यसबाहेक, १९९ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले उच्चस्तरीय सेवा प्रदान गर्दै ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने क्रममा यस्ता रणनीतिक सहकार्यहरूलाई निरन्तरता दिइरहेको छ। यो सहकार्यले डिजिटल भुक्तानीको प्रयोग बढाउनुका साथै हस्पिटालिटी क्षेत्रमा नगदरहित कारोबारलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ।
ग्राहकहरूले केएफसी आउटलेटहरूमा माछापुच्छ्रे बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत सहजै भुक्तानी गर्न सक्नेछन्। यसले फुड चेनमा हुने भीडभाडमा पनि छिटो सेवा प्राप्त गर्न सहयोग पुग्ने बैंकले जनाएको छ।


