नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो । आज ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता शेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ दशमलप शून्य पाँचको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २४.९१, विकास बैंक ९९.०९, वित्त ४५.२९, होटल २४६.२५, जलविद्युत् ९५.९९, लगानी २.९९, जीवन बीमा २६८.६८, उत्पादनमूलक २७५.२९, लघुवित्त ८१.१०, सामूहिक लगानी कोष ०.२०, निर्जीवन बीमा २२०.७५, अन्य ३७.९६ र व्यापार ५६.९३ अंकले बढेका छन् । आइतबार नेप्सेमा कारोबार भएका १९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । नेप्सेमा ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी नेप्सेमा ३ सय ३१ कम्पनीको १ लाख ३३ हजार ५ सय २९ कारोबारबाट १३ अर्ब ७८ करोड बराबरका ३ करोड ९ लाख १५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत साता बिहीबारको तुलनामा करिब ४ अर्बले धेरै हो । बिहीबार नेप्सेमा ९ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो ।


