आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेसनल एन्टि–मनी लण्डरिङ डे’को अवसर पारेर आफ्ना एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न गरेको छ।
जीवन बीमा क्षेत्रमा देखिन सक्ने सम्भावित जोखिमको पहिचान तथा रोकथाम गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानून, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू, साथै बीमा व्यवसायमा सुशासन कायम राख्ने विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो।
कम्पनीका अनुसार सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी पालना गरिँदा संस्थागत सुशासन सुदृढ हुने र ग्राहकको विश्वास अझ मजबुत बन्ने विश्वास लिइएको छ।
तालिम कार्यक्रमको समापन समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्पूर्ण अभिकर्ता तथा एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधि तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी कानूनी प्रावधानहरूको पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध भएर लाग्न निर्देशन दिए।


