Banijya News

किन महिलालाई आकर्षक बन्न मन लाग्छ, के छ रहस्य ?

1
1.2K Shares

समाजमा पछिल्लो समय एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ-किन महिलालाई आकर्षक बन्न मन लाग्छ ? सामान्य देखिने यो प्रश्नको उत्तर केवल फेसन वा देखावटी बानीमा सीमित छैन । यो विषय सामाजिक संरचना, मनोविज्ञान, परम्परा र व्यक्तिगत आत्मसम्मानसँग गहिरो रूपमा जोडिएको हो।

महिलाको आकर्षक बन्ने चाहना बाल्यकालदेखि नै सुरु हुन्छ, जब उनीहरूले पहिलोपटक आफूलाई अरूको नजरमा प्रस्तुत गर्ने तरिका सिक्न खोज्छन। विद्यालय, साथीभाइ, परिवार र सामाजिक वातावरणले उनलाई ‘राम्रो देखिनु’, ‘सुहाउनु’ र ‘सभ्य रहनु’ जस्ता सन्देश दिन थाल्दछ । जसले महिलाको अवचेतन स्वरूप र प्रस्तुतीकरणप्रति सजगता विकास गर्छ। समयसँगै यो सजगता केवल बाहिरी रूपमाथि सीमित नरहेको देखिएको छ । तर आत्मविश्वास, सोच, बोलीचाली र व्यक्तिगत पहिचानसँग जोडिएको कुराले महिलालाई अझ बढि आर्कषक बनाएको देख्न सकिन्छ।

विशेषज्ञहरूका भनाई अनुसार, महिलालाई आकर्षक बन्ने चाहना केवल अरूलाई खुशी पार्न वा ध्यान खिच्नको उपाय होइन, यो आफूभित्रको आत्मसन्तुष्टि र मानसिक सशक्तताको अभिव्यक्तिको रूपमा देखा पर्ने कुरा हो। जब महिला आफूलाई मन पर्ने तरिकाले सजिन तयार हुन्छन, आफूलाई स्वीकार गर्छन, र आत्मविश्वासका साथ सामाजिक जीवनमा प्रस्तुत हुन्छन, तब उनी केवल आकर्षक देखिनै मात्र होइन, भित्री रूपमा पनि सशक्त अनुभूति गर्छन्। यही कारणले मनोवैज्ञानिक दृष्टिले हेर्दा आफूलाई राम्रो देखाउने चाहना आत्मप्रेमको संकेत हो, जुन मानसिक स्वास्थ्य, जीवनप्रति सकारात्मक दृष्टिकोण र तनाव व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दछ।

समाजले निर्माण गरेको सौन्दर्यको मापदण्डले पनि महिलाको आकर्षक बन्ने प्रवृत्तिमा ठूलो प्रभाव पारेको देख्न सकिन्छ। चलचित्र, विज्ञापन, सामाजिक सञ्जाल र सार्वजनिक धारणा मार्फत महिलाको सौन्दर्य र प्रस्तुतीकरणलाई विशेष महत्त्व दिइन्छ। यसले महिलालाई आफ्नो रूप, शैली र व्यक्तित्वप्रति सचेत बनाउन मदत गर्छ । यद्यपि पछिल्लो समय महिलाहरू यी मापदण्डमा सीमित रहनु भन्दा आफ्नै सहजता, पहिचान र आत्मनिर्भर सोच अनुसार आकर्षक बन्ने प्रयास गर्छन्। महिलाको आकर्षण केवल शारीरिक सौन्दर्यमा मात्र सीमित नरहेको विशेषज्ञहरूको भनाइ छ। आत्मविश्वास, बोलीचाली, व्यवहार, सोच्ने क्षमता र निर्णय गर्ने शैली पनि महिलाको आकर्षणको हिस्सा बन्न पुगेको छ ।आधुनिक समाजमा धेरै महिलाहरू आफूलाई स्पष्ट पहिचान र स्वतन्त्रता सहित प्रस्तुत गर्न चाहान्छन, र यसै क्रममा आकर्षक बन्ने चाहना उनको आत्मअभिव्यक्तिको माध्यम बन्न पुगेको छ। कतिपले यसलाई देखावटी बानीको रूपमा व्याख्या गर्ने प्रयास गर्छन्, तर सामाजिक विश्लेषकहरूको दृष्टिमा यो व्यक्तिगत स्वतन्त्रता र आत्मसम्मानसँग सम्बन्धित विषय बन्न पुगेको छ।

महिलालाई आकर्षक बन्न मन लाग्नु कुनै रहस्यमय, असामान्य वा आलोचनाको विषय होइन। यो समाज, संस्कार, मनोविज्ञान र आत्मसम्मानको संयोजनबाट विकसित भएको स्वाभाविक चाहना हो। महिलाको आकर्षक बन्ने चाहनालाई नकारात्मक दृष्टिले होइन, सकारात्मक र सन्तुलित दृष्टिकोणबाट हेर्न सकिए समाजमा समानता, सम्मान र समझदारीमा आधारित स्वस्थ वातावरण निर्माण हुन सक्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top